कालिका पावरले आयोजना प्रभावित स्थानीयहरुमा साधारण शेयर निष्काशनको अनुमति पाएको छ। गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपीओ निष्काशन गर्ने अनुमति पाएको हो।
नेपाल धितोपत्र बोर्डले पुष २१ गते कालिका पावरलाई ६ लाख कित्ता आइपिओं जारी गर्ने अनुमति दिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार कम्पनीले १०० मूल्य अंकित दरको ६ लाख कित्ता साधारण शेयर जारी गर्ने छ ।
कम्पनीले साधारण शेयर निष्कासनका लागि काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।
गोरखाको दरौदी खोलामा कम्पनीले ६ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । स्थानीयवासीलाई साधारण शेयर दिएपछि कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ ।
बोर्डले बिहीबार मात्रै रसुवागढी हाइड्रोपावर कम्पनीलाई १ अर्ब ६४ करोड बराबरको साधारण शेयर जारी गर्न स्वीकृति दिइएको थियो ।