नेपाल एसबिआई बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २० प्रतिशतले खुद मुनाफा वृद्धि गरेको प्रगति बिबरण प्रस्तुत गरेको छ। गत आर्थी बर्षको यस अवधिमा ७५ करोड ८७ लाख खुद मुनाफा गरेको बैंकले यस अवधिमा ९१ करोड ३० लाख खुद मुनाफा आर्जन गरेको छ।
३ अर्ब ८८ करोडबाट बढाएर चुक्ता पुंजी ८ अर्ब ४ करोड पुर्याएको बैंकले कमाईमा प्रगति गर्दा प्रति सेयर आम्दानीमा सन्तुलन देखिएको छ। चुक्ता पुंजी वृद्धि अनुपातमा कमाई बढ्न नसक्दा इपिएसमा वृद्धि नदेखिएपनि बैंकको इपिएस ३९ रुपैयाँबाट २२ रुपैयाँमा आउनुलाई सामान्य नै मान्नु पर्ने हुन्छ।
यस अवधिमा बैंकले ८५ अर्ब १६ करोड निक्षेप संकलन गरि ७७ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप संकलनमा १० प्रतिशतले वृद्धि देखिएको छ भने कर्जा प्रवाहको दर १७ प्रतिशतले बढेको छ।
बैकले कर्जा प्रवाहको दर वृद्धि गर्दा बढ्दो ब्याजदरको प्रभावले ब्याज खर्च बढेको छ। जस कारण खुद ब्याज आम्दानी बढ्न सकेको छैन। त्यस्तै बैंकको कर्जा निक्षेपको अनुपात ७७ प्रतिशत पुगेको छ। बैंकले निक्षेप संकलन तर्फ केन्द्रित हुनुपर्ने देखिन्छ यद्दपी सिसिड़ी ७७ प्रतिशत भएकाले उ केही कर्जा विस्तार गर्न सक्ने अवस्थामा देखिन्छ ।साथै बैंकको खराब कर्जाको आकार नगन्य मात्राले बढेर ०।१२ प्रतिशतबाट ०।१३ प्रतिशतमा पुगेको छ।