श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आज माघ १५ गतेदेखि हकप्रद निष्काशन गर्दै छ । फाइनान्सले १०:८.३ को अनुपातमा ८३ प्रतिशत हकप्रद निष्काशन गरेको हो । कम्पनीले २८ लाख ६७ हजार २ सय २५ दशमलव ६२ कित्ता हकप्रद निष्काशन गरेको हो ।
हकप्रद निष्काशन प्रयोजनार्थ फाइनान्सले पुस ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले फागुन २० गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
लगानीकर्ताले सिद्दार्थ क्यापिटलको कार्यालय नक्साल, श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सका शाखाहरु र आश्वामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।
हाल कम्पनीको चुक्ता पुंजी ३४ करोड ५४ लाख रहेकोमा हकप्रद बिक्रिपछि कम्पनीको चुक्ता पुंजी ६३ करोड २० लाख पुग्ने छ ।