साताको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ९.४० अंकले घटेर १२७८.९६ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५२ कम्पनी ८ लाख ३३ हजार ९ सय ८६ कित्ता शेयर खरिद बिक्रिबाट ३० करोड ४ लाख ७९ हजार ७ रुपियाँको कारोबार भएको छ ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै २ करोड ६३ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनसीसी बैंक, सुर्य लाइफ इन्स्योरेन्स संस्थापक शेयर, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक शेयर रहेका छन् ।
आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् ।
आज छयाङदी हाइड्रोपावरका लगानीकर्ताले सर्बाधिक ४ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा स्वदेशी लघुवित्त, युनाइटेड इन्स्योरेन्स, बेस्ट फाइनान्स, एभरेस्ट इन्स्योरेन्स रहेका छन् ।
आज अपि पावरको शेयर मूल्य १० प्रतिशतले घटेको छ । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, सोल्टी होटेल लिमिटेड, लक्ष्मी लघुवित्त, सुर्य लाइफ इन्स्योरेन्स लगायत रहेका छन् ।
आज एनसीसी बैंकको शेयर सबै भन्दा धेरै किनबेच भएका छन् । आज कम्पनीको ८६ हजार २ सय २ कित्ता शेयर किनबेच भएका छन् । कम्पनी मूल्य भने ७ रुपियाँले घटेर २७३ रुपियाँ कायम भएको छ ।