नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज आइतबार नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । शतप्रतिशत हकप्रदमा कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको मूल्य ५०३ रुपैया कायम गरिरहेको छ । कम्पनीको औसत आधार मूल्य ६९४.२५ रुपैयाँ रहेको छ ।
कम्पनीले बैशाख ५ गते देखि १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयरको बिक्री खुला गर्देछ । चैत्र २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले थप ६५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ ।