पोखरा फाइनान्सको लिलामीको शेयर बोलपत्र खोल्ने काम सकिएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा बिहिबार बोलपत्र खोलिएको हो । फाइनान्सले चैत्र १८ गतेदेखि २५ गतेसम्म एक लाख ८० हजार ७०१ कित्ता सेयर लिलाममा राखेको थियो । जस मध्ये ८० हजार ३ सय ४८ कित्ता संस्थापक शेयर रहेका छन् भने बाँकि १ लाख ३ सय ५३ कित्ता शेयर साधारण तर्फको रहेका थिए ।
बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले दिएको जानकारी अनुसार संस्थापक तर्फ कुल ७ आवेदन परेका थिए भने सर्बसाधारण तर्फ कुल ४ सय ३० आवेदन परेका थिए । संस्थापकतर्फको कट अफ मूल्य १०० कायम भएको छ भने सर्वसाधारणतर्फको कटअफ मूल्य १ सय ४० कायम भएको छ । केवल १६ जनाले सर्वसाधारणतर्फको शेयर पाउने भएका छन् ।
संस्थापक तर्फ १०३ रुपैया ५० पैसासम्मको लागि आवेदन परेको थियो भने सर्बसाधारणतर्फ १ सय ६० सम्मको आवेदन परेको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
लिलामको शेयर खरिद गर्नेले पनि बैंकले प्रस्ताव गरेको ८.२६ प्रतिशत बोनस पाउने छन् । बोनस र हकप्रदपछि फाइनान्सकाे चुक्ता पुंजी ८१ करोड ६४ लाख रुपैयाँ पुग्ने छ ।