नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २२.०६ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै बैठकले बोनसमा लाग्ने प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले १९ करोड ९२ लाख २८ हजार रुपैयाँ बराबरको बोनस र एक करोड चार लाख बराबरको नगद लाभांस वितरण गर्ने भएको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांस महालेखा परिक्षकको कार्यालयको स्वकृतिदिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छ।