सिन्धु विकास बैंकद्वारा लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 17, 2018 | 03:14:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु बिकास बैंकले लाभांश प्रस्ताब गरेको छ। बैंकको २१८ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ६।२६ प्रतिशत लाभांश प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

बैकले ५.२६ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.३१३२ प्रतिशत नगद लाभांसको प्रस्ताब गरेको छ। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। 

बैंकले हालै मात्र १० बराबर ८ कित्ता शेयर अर्थात ८० प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण गरेको थियो। हकप्रद वितरण पश्चात चुक्ता पुंजी ४७ करोड १९ लाख पुग्नेछ। त्यस्तै ५.२६ प्रतिशत बोनस शेयर वितरण पश्चात चुक्ता पुंजी ५० करोड पुग्नेछ। यससंगै राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ५० करोड पुर्याउन बैंक सक्षम भएको छ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved