समता माइक्रोफाइनान्सले असार २७ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले दुर्इ बराबर एक अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनगर्न लागेको हो । अब कम्पनीले एक लाख ८९ हजार ६०० कित्ता हकप्रद जारी गर्ने छ । लगानीकर्ताले साउन २९ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।
हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक रहेको छ । लगानीकर्ता;ए बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयहरु लाजिम्पाट, काठमाडौं, लगनखेल, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बिरगंज, र गोल्छाचोक बिराटनगर आवेदन दिन सक्ने छन् । त्यस्तै समता माइक्रोफाईनान्सको सम्पूर्ण कार्यालय तथा सी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सक्ने छन् ।
हाल कम्पनीको चुक्ता पुंजी तीन करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।