स्वदेशी लघुवित्त वित्तीय संस्था नयाँ आर्थिक बर्ष सुरु भएपछि हकप्रद निष्काशनको अनुमति पाउने पहिलो कम्पनी बनेको छ । नेपाल धितोपत्र बोर्डले साउन २४ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो ।
अब कम्पनीले चुक्त्ता पूँजीकाे एक बराबर एक अनुपातमा अर्थात् शत प्रतिसत हकप्रद निष्काशन गर्ने छ । कम्पनीले ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको हो । कम्पनीले हकप्रद निष्काशन गर्न एनआईसी एशिया क्यापिटललाई तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ५० लाख रहेकोमा शत प्रतिशत हकप्रदपछि चुक्ता पुंजी २३ करोड पुग्ने छ ।