एक महिनादेखि रोकिएका शेयर सुचिकृत हुदै, लगानीकर्तालाई ठुलो राहत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 15, 2018 | 11:41:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले  'धितोपत्र सूचीकरण विनियमावली, २०७५' पारित गरेको छ । नेप्सेको मंगलबार साँझ बसेको संचालक समितिको बैठकले विनियमावली पारित गरेको छ। विनियमावली पारीत भएसंगै एक महिनादेखि रोकिएको शेयर आज बुधबार बाट सुचिकृत हुने भएको छ । 

यस अघि बोर्डले स्वीकृत गरेको विनियमावली आफ्नो आम्दानी घट्ने भन्दै नेप्से संचालक समितिको बैठकले पारित गरेको थिएन । धितोपत्र बोर्डले यस अघि नेप्सेले पठाएको विनियमावलीमा रहेको शेयर सूचीकरणमा लाग्ने शुल्कमा ब्यापक परिमार्जन गरेर स्वीकृत गरेको थियो  । बोर्डले सूचीकरण शुल्कमा भारी कटौती गरिदिएपछि नेप्सेले आफ्नो आम्दानीको श्रोत घट्ने भन्दै त्यसलाई परिमार्जन गर्न बोर्डलाई अनुरोध गरेको थियो । बोर्डले परिमार्जन सहित पुन विनियमावली स्वीकृत गरेपछि नेप्सेले पनि त्यसलाई पारित गरेको हो ।

नयाँ  विनियमावली अनुसार ५० हजारसम्म चुक्ता पुंजी भएका कम्पनीहरुले ०.१० प्रतिशत वा न्यूनतम रु १,५०,००० सूचीकरण शुल्क र ५० हजार बार्षिक शुल्क तिर्नु पर्ने हुन्छ  । त्यस्तै ५० करोड भन्दा माथि चुक्ता पुंजी भएका कम्पनीहरुले ०.०५ प्रतिशत वा न्यूनतम रु २,५०,००० सूचीकरण शुल्क र १ लाख बार्षिक शुल्क तिर्नु पर्छ  ।



सूचिकरण निवेदन दस्तुर  १५,०००  निवेदन साथ संलग्न गरी वुझाउनु पर्ने र तोकिएको समयमा नवीकरण शूल्क नवुझाएमा नवीकरण शूल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्ने प्रावधान पनि विनियमावलीमा उल्लेख छ । 

१ महिनादेखि रोकिएको शेयर सूचीकरण सुचारु हुने भएपछि लगानीकर्तालाई ठुलो राहत हुने भएको छ  ।  शेयर सुचिकृत हुन् नसक्दा लगानीकर्ताको करोडौको सम्पति बन्धकमा परेको थियो । हाल नेप्सेमा सिद्दार्थ बैंक , कर्णाली डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन बैंक, एनएमबि बैंक लगायतका ४ करोड कित्ता बढी शेयर सूचीकरणको पर्खाइमा छ ।  

यो पनि : 

नेप्सेमा शेयर सूचीकरणको बाटो खुल्दा लगानीकर्तालाई ठुलो राहत, यस्तो छ नयाँ शुल्क

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved