एशियन लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:०.६ को अनुपातमा ६० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । जस अनुसार कम्पनीले ७५ करोड ४० लाख बराबरको हकप्रद निष्काशन गर्ने छ ।
हकप्रद निष्काशनको लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई बिकी प्रबन्धक नियुक्त गरेको छ। सम्झौतामा एसियन लाइफका सीईओ राजेश कुमार श्रेष्ठ र एनआईबिएल क्यापिटलका प्रबन्ध निर्देशक मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।
हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब १ करोड पुग्ने छ ।