पुर्णिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज १९ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट ११.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र ६.३७ प्रतिशत नगद लाभांश गरी कुल ११.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको सधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।