सर्वसाधारणलाई अपर तामाकोशीको डेढ अर्बको आईपिओ, कार्तिक १५ देखि बिक्रि खुला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2018 | 08:37:14 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुको लागि कार्तिक १५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । यस अघि स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको कम्पनीले सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  

कम्पनीको आईपिओमा न्यूनतं ५० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  ।  आईपिओमा छिटोमा कार्तिक १९ गतेसम्म र त्यस अवधिमा माग अनुसारको आवेदन नपरेको खण्डमा मात्र ढिलोमा मस्निर १४ गतेसम्म आवेदन दिन सक्ने छन्  ।  

आईपिओ निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि  प्रबन्धक र सनराइज क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन्  ।   

कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्नु अगाडी नै स्थानीयको लागि निष्काशन भएको आईपिओ बाँडफांड गर्ने जनाएको छ  ।   नेपालको पुंजीबजारमा आएको  यो नै (शेयर संख्या र रकमको हिसाबले)  सबै भन्दा ठुलो आईपिओ हो  ।  

इक्रा नेपालले आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको छ ।  इक्रा नेपालले १ देखि ५ अंक स्केलमा ग्रेडीङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलीयो आधारहरु जनाउछ भने ग्रेड ५ ले कम्जोर आधारहरु जनाउँछ। ग्रेड २,३,४ मा प्रयोग गरिने प्लस (+) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थिलाई जनाउंछ। 

कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाटको परियोजनामा कम प्रतिफल क्षमत रहेको, नाकाबन्दी, भूकम्प जस्ता कारणले निर्माणमा ढिलाई हुँदा लागत बढ्नु, निर्माणको लागि लागि लिएको ठुलो मात्राको ऋण चुक्ता हुन् समय लाग्ने कारणले गर्द औसत भन्दा कमजोर  रेटिंङ् पाएको कम्पनीले जनाएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाकाे पूर्व स्वीकृत लागत ३५ अर्ब  भएपनि बढेर ४९ अर्ब पुगेको छ । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ । 

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ। 

No automatic alt text available.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved