नेशनल लाईफ इन्स्योरेन्सले कार्तिक १५ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले २ लाख ७८ हजार ११९ कित्ता साधारण शेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको लिलामी शेयरमा कार्तिक २६ गतेसम्म आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।नेशनल लाईफले गत साउन १ देखि भदौ १९ सम्म बिक्री खुला गरेको ६० प्रतिशत हकप्रदमा नबिकेको शेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँमा न्युनतम एक सय कित्ताको लागि आवेदन दिन पाउनेछन् ।