अपर तामाकोशीको आइपीओमा लगानी कति प्रतिफलमुलक ? (विश्लेषण)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 01, 2018 | 10:26:20 AM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले आज (कात्तिक १५) देखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओं) बिक्रि खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई जारि गरेको आइपीओ संख्या र रकमको आधारमा नेपालको इतिहासमा यो नै अहिलेसम्मकै ठुलो हो। 

आयोजना प्रभावित दोलखाबासिलाई १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्रि तथा वितरण गरिसकेको यस कम्पनीले अहिले सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता बिक्रि खुला गरेको हो। नेपालको शाखसंग जोडिएको यस आयोजनामा लगानीगर्न चाहनेले न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आजदेखि छिट्टोमा कात्तिक १९ सम्म आबेदन दिन सक्नेछन। यदि यस अवधिसम्म पनि निष्काशन गरिएको आइपीओ बिक्रि नभए ढिलोमा मङ्सिर १४ गतेसम्म आबेदन दिन सक्नेछन। 

    यो पनि: तामाकोशीको अन्तिम चरणको आईपिओ खुल्यो, क-कसले दिन पाउँछ आवेदन ?

सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर मार्फत अनलाइनबाटै घर वा कार्यालयमा बसेर कम्पनीको सेयरमा आबेदन भर्न सकिनेछ। कम्पनीको सेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक र सनराइज क्यापिटल सह बिक्रि प्रबन्धक छन।  

लगानी कति प्रतिफलमुलक ?

भविष्यमा राम्रो प्रतिफल पाउने आशामा नै वर्तमानमा लगानी गरिन्छ। त्यसैले आफुले लगानी गर्ने कम्पनीले कुन बर्षदेखि कतिसम्म प्रतिफल दिनसक्छ भन्नेबारे जानकारी लिएर मात्र लगानिगर्नु बुद्धिमानी ठहरिन्छ। 

कम्पनीले आफ्नो विवरण पत्रमा आर्थिक बर्ष ७८/७९ देखि मात्र लाभांश दिने प्रक्षेपण गरेको छ। यस आधारमा माथिल्लो तामाकोशीको हकमा तपाइँले आज लगानी गरेपछि प्रतिफल पाउन झन्डै झन्डै ३ बर्ष पर्खनुपर्ने हुन्छ, (दोस्रो बजारमा कारोबार गरेर फाइदा कमाउने बिषयलाई गौण राख्दा)। 

विवरणपत्रमा उल्लेख भए अनुसार लगानीकर्ताले २०७५/ ७६ को अन्त्यसम्ममा पनि प्रति शेयर ३० पैसा घाटा बेहोर्नु पर्ने देखिन्छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी -०.३० पैसा हुने उल्लेख छ । त्यस्तै आर्थिक बर्ष ७६/७७ मा प्रतिशेयर आम्दानी ३८ रुपैयाँ हुने तर त्यसपछि भने त्यो घटेर २० रुपैयाँमा नै कायम हुने कम्पनीको प्रक्षेपण छ । चालू आवको अन्यसम्म प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ४२ पैसा मात्र कायम हुने कम्पनीको प्रक्षेपण छ ।   

२०६७ सालदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको आयोजनाबाट कम्पनीले २०७२ असारभित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य थियो। तर भूकम्प, नाकाबन्दीलगायत विभिन्न अवरोधले आयोजनाको समयावधि दुईपटकसम्म थपिसकिएको छ। 

यो पनि: माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड, १० जनाको मात्रै आबेदन रद्द हुँदा कुन बर्गलाई कति कित्ता ?

कम्पनीको विवरणपत्रमा २०७६ असार देखि परीक्षण उत्पादन अनि २०७६ कार्तिक देखि व्यवसायिक उत्पादन थाल्ने उल्लेख छ। विवरणपत्रमा आगामी पौष महिनामा ४ वटा इकाईबाट र बाँकी २ वटाबाट चैतमा गर्ने भनिको थियो।  

कम्पनीमा लागत र खर्च 

सुरुमा ३५ अर्ब २९ करोड लागतमा सम्पन्न हुने भनिएको आयोजनाको लागत अहिले बढेर झन्डै दोब्बर पुगेको छ।  आयोजना निर्माण सम्पन्न हुने अवस्थासम्म व्याजसमेत जोड्दा करिव ६९ अर्ब लाग्ने अनुमान गरिएको आयोजनाका प्रमुख  श्रेष्ठले बताए। २० अर्ब ब्याज नै तिर्नु पर्ने भएकोले ब्याज सहित लागत ६९ अर्ब पुग्ने भएको हो। ब्याज बाहेक ४९ अर्ब खर्च हुने छ। 

आयोजनाले मासिक ब्याज मात्र ४० करोड तिर्नु पर्ने भएको छ । आयोजनाले मासिक रुपमा ३० देखि ४० करोड ब्याज तिर्नु पर्ने अवस्था आएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताएका हुन् । 

प्रमुख श्रेष्ठले आयोजनाको सिभिल तर्फको कम सकिएको र आगामी असारमा परिक्षण उत्पादन गरिने जानकारी दिए । त्यस्तै आगामी कार्तिकदेखि व्यवसायिक उत्पादन थाल्ने गरी काम भईरहेको प्रमुख श्रेष्ठले बताए । 

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको आयोजनामा नेपाल सरकारसहित कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नागरिक लगानी कोषलगायत देशका ठूला संस्थाको ऋण लगानी छ। यस्तै ती संस्थामा कार्यरत कर्मचारी रकम जम्मा गर्ने सञ्चयकर्ता र देशभरका सर्वसाधारण र प्रभावित जिल्लावासीको शेयर आयोजनामा छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved