शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 01, 2018 | 08:19:57 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले अन्तिम चरणको आईपिओ आज कार्तिक १५ गतेदेखि बिक्रि खुला गरेको छ  ।  यस अघि स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको कम्पनीले सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन बिक्रि खुला गरेको हो ।   नेपालको पुंजीबजारमा आएको  यो नै (शेयर संख्या र रकमको हिसाबले)  सबै भन्दा ठुलो आईपिओ हो  ।  

कम्पनीको आईपिओमा न्यूनतंम ५० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  ।  आईपिओमा छिटोमा कार्तिक १९ गतेसम्म र त्यस अवधिमा माग अनुसारको आवेदन नपरेको खण्डमा मात्र ढिलोमा मङ्सिर १४ गतेसम्म आवेदन दिन सक्ने छन्  ।  आईपिओ निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि  प्रबन्धक र सनराइज क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन्  ।  सीआश्वा सदस्य रहेका बनक तथा वित्तीय संस्थाबाट र मेरो शेयर मार्फत अनलाइनबाट मात्र आवेदन दिन पाइने छ ।  आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने छन् ।


कसले दिन पाउछ आवेदन ? 

यस आईपिओमा सबै नेपाली नागरिकले आवेदन दिन सक्ने छन्  ।  तर यस अघि नै कम्पनीको शेयर खरिद गरेकाले भने आईपिओ भर्न पाउने छैनन्  ।  स्थानीयलाई शेयर जारी गर्दा शेयर खरिद गरेका आयोजना प्रभावित दोलखावासीले यसमा आवेदन दिन पाउने छैनन् । तर त्यस समय शेयर खरिद नगरेका स्थानीयले भने आवेदन दिन पाउने छन् । त्यस्तै कर्मचारी वा संस्थापकको रुपमा वा अन्य कुनै प्रकारबाट प्रारम्भिक सार्बजनिक निष्काशन हुनु पर्व कम्पनीको शेयर प्राप्त गरेको शेयरधनीले पनि यसमा आवेदन दिन पाउने छैन । संस्थापक शेयरधनी तथा उसको परिवारको सदस्यलाई समेत यसमा आवेदन दिन बन्देज गरिएको छ । यदि आवेदन दिन बन्देज लगाईएका यी व्यक्तिले आवेदन दिएमा त्यस्तो आवेदनलाई बाँडफांड प्रक्रियामा समाबेश नगराइने कानुनि ब्यबस्था छ ।

माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड, १० जनाको मात्रै आबेदन रद्द हुँदा कुन बर्गलाई कति कित्ता ?

इक्रा नेपालले आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको छ ।  इक्रा नेपालले १ देखि ५ अंक स्केलमा ग्रेडीङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलीयो आधारहरु जनाउछ भने ग्रेड ५ ले कम्जोर आधारहरु जनाउँछ। ग्रेड २,३,४ मा प्रयोग गरिने प्लस (+) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थिलाई जनाउंछ। 

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ। 

No automatic alt text available.

यो पनि :

माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड, १० जनाको मात्रै आबेदन रद्द हुँदा कुन बर्गलाई कति कित्ता ?

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved