वित्तीय क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी सुझाव पेस गर्न गठित समिति (कार्यदल) ले अर्थमन्त्री समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले मुद्रा तथा पुँजी बजारमा देखिएका समग्र प्रवृत्ति अध्ययन गरी समस्याको पहिचान गरी र तिनको समाधानका लागि सुझाव दिने जिम्मेवारी पाएको थियो ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा रहेको समितिले बुधबार बेलुका अर्थमन्त्री युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो । समिति सदस्यमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, लगानीकर्ता संघका प्रतिनिधी र मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन सहसचिव सम्मिलित थिए।
प्रतिवेदनमा के के समेटिएका छन् भन्ने बारे केहि खुलाईएको छैन । समितिमा रहेका नेपाल इन्भेस्टर फोरमका अध्यक्ष अम्विकाप्रसाद पौडेलले आफुहरुले उठाएको ९० प्रतिशत सुझाव समेटिएको बताए ।
बुधबार अर्थ मन्त्रालयले एक बिज्ञप्ति जारि गर्दै प्रतिवेदन तत्काल कार्यन्वयन हुने बताएको छ । मन्त्रालयले आज नै बसेको उच्च स्तरित वित्तीय क्षेत्र समन्वय समितिको बैठकले प्रतिवेदनमा रहेका सुझावहरु तत्काल कार्यन्वयन गर्न सम्बन्धित निकायमा पठाउने निर्णय भएको जानकारी पनि गराएको छ ।