बुटवल पावरले किन्यो माथिल्लो मर्स्याङ्दी ६ लाख कित्ता बढी शेयर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 09:08:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनी Butwal Power Company Limited ले ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको १९ दशमलव चार प्रतिशत शेयर खरीद गरेको छ । कम्पनीले हिमताल हाइड्रोको नाममा रहेको शेयर खरीद गरेको   हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले हिमतालको नाममा रहेको छ लाख एक हजार ३०० कित्ता शेयर सोमबार बुटवल पावरको नाममा कायम भएको जनाए । 

हिमताल हाइड्रो र भारतीय कम्पनीका नाममा रहेको सो आयोजनाको शेयर गत वैशाख २३ गते नै बिक्री भएको प्रमुख कार्यकारी निर्देशक श्रेष्ठले जनाएका छन्  । 
आयोजना लिने र काम नगरीकन शेयर स्वामित्व मात्रै बिक्री गर्दै आएको भन्दै संसद्को अर्थ समितिमा समेत सो विषयले प्रवेश पाएको छ । 

आयोजनाको काम अगाडि बढाउनुभन्दा शेयर स्वामित्व हस्तान्तरण भएको विषयमा अर्थ समितिले अर्थ मन्त्रालय, लगानी बोर्डलगायतका निकायसँग यसअघि नै छलफल गरेको थियो । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved