घलेम्दी हाइड्रोले निष्काशन गरेको आईपिओमा माग भन्दा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक भिबोर क्यापिटलका अनुसार आइतबार बेलुका ५ बजेसम्मको तथ्यांक अनुसार ३७ हजार ३ सय ५८ आवेदकले २८ लाख ३५ हजार ७ सय ७० कित्ताको लागि आवेदन दिएका छन् । यो माग भन्दा झन्डै २ गुणा बढीको आवेदन हो ।
कम्पनीले पुस १९ गते बिहिबारदेखि १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
यस अघि कम्पनीले असार २२ गतेदेखि म्याग्दीको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासिन्दालाई ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । तर स्थानीयले केवल ९४ हजार ७ सय ८० कित्ताको लागि आवेदन दिएका थिए। कम्पनीले स्थानीयले खरिद नगरेका ४ लाख ५५ हजार २ सय २० कित्ता शेयर समेत थपेर १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये २२ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र ५५ हजार कित्ता कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । तर लगानी कोष इच्छा नदेखाएपछि सो समेत गरी कुल १५ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा पुस २३ र ढिलोमा माघ १८ गतेसम्म आएव्दन दिन सक्ने छन् । आवेदन दिदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने बिकी प्रबन्धक भिभोर क्यापिटलले जनाएको छ । तर ५० कित्ताभन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन ।
कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था कमजोर रहेको जनाउँछ । शेयर निष्काशनको लागि कम्पनीले भिबोर क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीको बारेमा थाहा पाउन यहाँ क्लिक गर्नु होला ।
यो पनि :