सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १४.२८ अंकले बढेर ११४२.९३ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ७१ कम्पनीका १३ लाख ४७ हजार ४८ कित्ता शेयर खरिद बिक्रिबाट ४० करोड २८ लाख ४० हजार २ सय १३ रुपियाँको कारोबार भएको छ ।
आज नेपाल लाइफको सबैभन्दा धेरै २ करोड ८९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया बैंक, प्रभु बैंक, एनसीसी बैंक, अपर तामाकोशी लगायत रहेका छन् ।
आज कारोबारमा अन्य समुहबाहेकका सबै समुहगत सूचक बढेका छन् । आज ङा्दी हाइड्रोका लगानीकर्ताले सबै भन्दा धेरै ८.७७ प्रतिशत बढेको छ । अन्य बढी कमाउनेमा कन्चन डेभलपमेन्ट बैंक, नेशनल हाइड्रो, निर्धन उत्थान लघुवित्त लगायत रहेका छन् ।
आज सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सर्बाधिक ३.६६ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्स, हाथवे फाइनान्स, बरुण हाइड्रो लगायत रहेका छन् ।