रिलायन्स फाइनान्सको लाभांश घोषणा, सूचनामा त्रुटी नै त्रुटी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 02:22:41 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्सले लाभांश घोषणा गरेको छ  । कम्पनीको फागुन २६ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।

कम्पनीले २.५० प्रतिशतले हुन् आउने २ करोड ८ लाख नगद लाभांश र कर प्रयोजनको लागि ०.१३ प्रतिशतले हुन् आउने १० लाख ९५ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । कम्पनीले कुल २.६३ प्रतिशतले हुन् आउने २ करोड १९ लाख ५ हजार ६ सय ६८ रुपियाँ नगद लाभांश प्रस्ताव गरेको हो  । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  । 

सूचनामा त्रुटी: 

कम्पनीले फागुन २६ मा निर्णय गरेर फागुन २८ गते पौने २ बजे मात्र नेप्सेलाई यस बिषयमा जानकारी गराएको हो  । जबकि कम्पनीको मूल्यमा  असर पर्ने यस्ता संवेदनशील सूचना निर्णय भएकै दिन वा त्यसको भोलिपल्ट नेप्सेलाई जानकारी गराउनु पर्छ । त्यस्तै पत्रमा संचालक समितिको बैठक बसेको समय समेत उल्लेख छैन  । नेप्सेले यस अघि समय उल्लेख नगरेकै कारण केहि कम्पनीलाई स्पष्टीकरण सोधेको थियो। त्यस्तै पत्रमा मुनाफाको २.५० प्रतिशत नगद लाभांश दिने उल्लेख गरिएको छ  । तर यो मुनाफाको नभई चुक्ता पुंजीको २.५० प्रतिशत हुनु पर्ने हो। यद्यपि पत्रमा कम्पनीको चुक्ता पुंजी कति हो भन्ने कतै उल्लेख छैन । साथै कम्पनीले अघिल्लो बर्षको साधारणसभा समेत नगरेकोले कति पुंजीमा यो लाभांश प्रस्ताव गरिएको हो , सो समेत प्रष्ट छैन ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved