नेपाल स्टक एक्चेन्ज नेप्सेमा प्रिमियर इन्स्योरेन्स Premier Insurance Company Limited को मूल्य समायोजन भएको छ । ८४ प्रतिशत बोनसमा मूल्य समायोजना भएको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असार २० गते बुक क्लोज गरेको हो । असार १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र उक्त बोनस पाउन सक्ने छन् ।
समायोजनपछि कम्पनीको शेयर मूल्य ५१३.०४ कायम भएको छ । कम्पनीको औसत आधार मूल्य ६६४.५२ रहेको छ ।