नेपाल स्टक एक्चेन्ज नेप्सेमा सनराइज बैंक Sunrise Bank Limited को ऋणपत्र सुचिकृत भएको छ । बिहिबार कम्पनीको १० लाख इकाई ऋणपत्र सुचिकृत भएको हो ।
बैंकले चैत्र २० गतेदेखि बैशाख १९ गतेसम्म १ अर्ब रुपियाँ बराबरको प्रति कित्ता १ हजार अंकित १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।
ऋणपत्र सुचिकृत भएसंगै आफ्नो डिम्याटखातामा आएपछि लगानीकर्ताले यी इकाई खरिद बिक्रि गर्न सक्ने छन् ।