नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्ने घोषणा गरेको छ। आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले पुंजीबजार को बिकास र बिस्तारको लागि अर्को स्टक एक्सचेन्ज खोल्ने घोषणा गरेको हो।
अहिलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुधारको प्रकृयासंगै अर्को स्टक एक्सचेन्ज खोल्नलाई पनि बोर्डले प्रकृया अघि बढाउने घोषणा गरेको छ। धितोपत्र बोर्ड सेयरबजारको नियामक भएपनि अर्को स्टक एक्सचेन्ज संचालनको लागि बोर्डले अर्थमन्त्रालयबाट अनुमति लिनुपर्ने हुन्छ।
नीति तथा कार्यक्रममा पटक पटक अर्को स्टक एक्सचेन्ज खोल्ने बिषय उल्लेख हुने भएपनि दशौँ बर्षदेखि यस्तो घोषणा कार्यन्वयन हुन सकेको छैन।