बेष्ट फाइनान्सले भदौ ११ गतेदेखि ८ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ८ लाख २ हजार २ सय २४ दशमलव ४७ कित्ता शेयर लिलाम गर्ने लागेको हो ।
जस मध्ये ५ लाख ४७ हजार ६ सय ७४ दशमलव ५७ कित्ता संस्थापक शेयर र २ लाख ४४ हजार ५ सय ४९ दशमलव ९० कित्ता शेयर सर्वसाधारण समुह तर्फको रहेको छ । इच्छुक बोलकबोलदाता प्रति कित्ता १०० रुपैयाँ भन्दा कम नहुने गरी आवेदन दिनु पर्ने छ । शेयर लिलाम प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा सर्वसाधारण तर्फ न्युनतम १०० कित्ता र संस्थापक तर्फ न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ । लगानीकर्ताले भदौ २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले प्रभु क्यापिटल कमलादी, बेस्ट फाइनान्सको शाखाहरु र प्रबु बैंकको १० वटा शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।