समता माइक्रोफाइनान्सले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।
अब कम्पनीले १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनआइबिएल एस बिक्रि प्रबन्धक रहेको छ ।
हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १८ करोड २० लाख रुपैयाँ पुग्नेछ ।