सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) ले पहिलोपटक महिला नेतृत्त्व पाएको छ। प्रमुख कार्यकारी अधिकृतबाट देव प्रकाश गुप्ताको औपचारीक विदाई भएपछि सिडीएसकी उच्च तहकी कन्चन सापकोटालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको जनाइएको छ।
सापकोटालाई मङ्सिर १६ देखि लागू हुनेगरी कायम मुकायम सीईओको जिम्मेवारी दिईएको स्रोतको भनाई छ। सिडीएस संचालक समितिले उनलाई अर्को व्यवस्था नभएसम्मको लागि नियमित काम कारवाही गर्ने जिम्मेवारी दिएको हो। सापकोटा सिडीएसकी सबैभन्दा उच्च तह अर्थात् ८ औ तहमा सहायक प्रबन्धक हुन्। उनी नेटवर्क सेक्सनककी प्रमुख समेत हुन्।
अबको हप्ता दश दिन भित्र खुला प्रतिस्पर्धाबाट नयाँ सीइओ नियुक्ति गर्नको लागि दरखास्त आह्वान गर्ने सिडीएसस संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउदले बताएका छन।
गत असोज ९ गते कार्यकाल सकिएका गुप्ता नियमित काम कारवाही गर्ने जिम्मेवारी सहित पदमै थिए । सिडीएस संचालक समितिले उनलाई अर्को ब्यबस्था नभएसम्मको लागि नियमित काम कारवाही गर्ने जिम्मेवारी दिएको थियो । तर सोमबारबाट भने उनको विदाई गरिएको छ ।