नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल फाइनान्सको शेयर सूचीकरण फुकुवा भएको छ। नेपाल राष्ट्र बैंकले कम्पनीलाई समस्याग्रस्त घोषणा गरेपछि २०७१/८/१८ देखि नेप्सेमा कम्पनीको सूचीकरण स्थगन भएको थियो।
राष्ट्र बैंकको २०७६ मंसिर २० गतेको निणर्य अनुसार फाइनान्सलाई सशर्त समस्याग्रस्तबाट फुकुवा गरेसंगै नेप्सेमा पनि सूचीकरण स्थगन फुकुवा भएको हो। कम्पनीको अन्तिम शेयर मूल्य १२४ रुपैयाँ छ ।