एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले साधारणसभा आह्वान गरेको छ। बैंकले मङ्सिर २१ गते आइतबार बिहान ९ बजे सभा आह्वान गरेको हो ।
बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ । यस संगै मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
बैंकले आर्थिक बर्ष ७६/७७ बाट १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १९ प्रतिशतले हुन आउने १ अर्ब ८४ करोड ६३ लाख बराबरको बोनस शेयर र १ प्रतिशतले हुन आउने ९ करोड ७२ लाख बराबरको नगद लाभांश गरी कुल १ अर्ब ९४ करोड ३५ लाख लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साधारण सभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।