लाभकर गणनालाई मेरोशेयरमा 'माई होल्डिङस्' अप्सन , यसरी छुट्याउनुस् आफ्नो शेयर लङटर्म कि सर्टटर्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2021 | 05:57:32 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्रको विक्री कारोबारमा लाग्ने पुँजीगत लाभकरको नयाँ गणना विधि आज साउन ३ गते आइतबारदेखि लागु भएको छ । यस प्रयोजनका लागि मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधा थप गरि आज आइतबार बेलुका ७ बजे देखि सञ्चालनमा आउने सिडीएससीले जनाएको छ ।

जस अनुसार आफुले बिक्रि गरेको शेयर अल्पकालीन हो वा दीर्घकालिन हो भन्ने यकिन गरि ट्रान्सफर गर्नको लागि my purchase source मा my holdings भन्ने अप्सन थप गरिएको छ ।  my purchase source मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि my holdings मा गएर १ वर्ष भन्दा कम अवधिको शेयर भए short term अर्थात् ST र १ वर्ष भन्दा बढी होल्ड गरिएको शेयर भए long term अर्थात् LT छनौट गर्नु पर्ने छ   । यो प्रणालीले अर्थात् सिस्टमले नै छनौट गर्ने छ  । तर सिस्टमले दिएको जानकारी गलत भए आफुले नै त्यसलाई उचित कारण वा प्रमाण दिएर सच्च्याउन सकिन्छ  । त्यस्तै मर्ज वा प्राप्तिमा गएको शेयर भए  user defined merger file मा क्लिक गरि मर्जमा गएको कारण छुट प्राप्त हुने छनौट गर्न सकिने छ । त्यसपछि अपडेटमा क्लिक गरि विवरण अध्यावधिक गर्नु पर्ने छ । त्यसपछि ट्रान्सफर शेयरमा क्लिक गरि शेयर ट्रान्सफर गर्नु पर्छ । 

सिडिएससिले मेरो शेयरको मोवाईल एप प्रयोग गर्ने लगानीकर्तालाई प्लेस्टोर मार्फत मेरो शेयर एप अपडेट गरि उक्त सेवा प्रयोग गर्न आग्रह गरेको छ । यस सेवा सञ्चालन गर्ने प्रक्रिया सम्बन्धी जानकारी सिडीएससीको वेबसाइटमा राखिने र सेवा सञ्चालन सम्बन्धी थप जानकारी आवश्यक परेमा आफ्नो राफसाफ सदस्यलाई वा सिडिएससिमा सम्पर्क गर्न सिडीएसले आग्रह गरेको छ ।

नेपाल सरकार द्वारा जारी आर्थिक अध्यादेश २०७८ मार्फत आयकर ऐन, २०५८ को दफा ९५(क) मा संशोधन गरि “उपदफा(२) को खण्ड (क) मा रहेका “बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको पाँच प्रतिशत” भन्ने शब्दहरूको सट्टा “बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तिन सय पैँसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीन सय पैँसठ्ठी दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशत” भन्ने शब्दहरू राखिएकोले मिति २०७८ श्रावण १ गते देखि हुने सम्पूर्ण कारोबारहरूमा विक्रीकर्ता बासिन्दा प्राकृतिक व्यक्तिले धितोपत्रको विक्री कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नका लागि आफ्नो स्वामित्वमा रहेको कुल धितोपत्रको लागतको भारित औसत गणना गरि सो विवरण प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरि धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दात रहेको समयावधि समेत गणना गरि विक्री गरेको धितोपत्र मध्ये ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्र र सो भन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्या समेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएको हो।

यस संगै आफुले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा भएको छ भने लाभकर तिर्नु पर्दैन । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved