प्रभु बैंकको २ लाख कित्ता बढी शेयर लिलाममा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 11:34:51 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रभु बैंक Prabhu Bank Limited  ले २ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले संस्थापक समुहको २ लाख २ हजार १ सय ८६ कित्ता संस्थापक शेयर साउन १५ गतेदेखि लिलाम गर्ने भएको हो । 

यस शेयरमा हाल कायम बैंकका संस्थापक शेयरधनीहरु र अन्य जो कोहि व्यक्ति वा संस्थाले आवेदन दिन सक्ने छन्  । योग्य लगानीकर्ताले साउन २९ गतेसम्म आवेदन दिन सक्ने छन् । 

यी शेयरको न्युनतम मूल्य प्रति कित्ता २१० तोकिएको छ । आवेदन दिंदा सो भन्दा बढी मूल्य कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । शेयर लिलाम प्रक्रियाको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

आवेदन दिंदा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved