सेन्चुरी कमर्सियल बैंकले अल्पाईन डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई गाभ्नका लागि राष्ट्र बैंकबाट सैद्वान्तिक सहमति पाएको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत बैंकले इन्नोभेटिब र अरनिको डेभलपमेन्टलाई गाभ्ने प्रक्रियालाई पनि अन्तिम चरणमा पुर्याएको छ।
बैंकले अरनिकोलाई १००:९० र इन्नोभेटिबलाई १००:८५ को स्वाप अनुपातमा गाभ्ने सहमति गरेको जनाइएको छ। त्यस्तै बैंकले सगरमाथा फाइनान्सलाई १००:९४ , अल्पाईन डेभलपमेन्टलाई १००:९४ को स्वाप रेसियोमा गाभ्ने प्रस्ताव गरिएको जनाईएको छ । यस प्रस्ताबलाई बैंकले चैत ३१ मा हुने बार्षिक साधारणसभाबाट पारित गर्ने भएको छ।
सगरमाथा फाइनान्स, अरनिको र इन्नोभेटिब गरि यी ३ वित्तीय संस्थालाई गाभेपछी बैंकको चुक्ता पुंजी २ अर्ब थप हुने छ। हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउनका लागि बैंकले थप ४० प्रतिशत हकप्रद बिक्रि गर्ने योजना बनाएको छ। यद्दपी बैंकले अन्य वित्तीय संस्थालाई समेत गाभ्न सक्ने जनाइएको छ। सेन्चुरीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २२ करोड ३९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।