एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 10:21:11 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५.४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।  कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved