एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 08:12:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंक Excel Development Bank Limited  को हकप्रद भर्ने म्याद थप भएको छ  । कम्पनीले यस अघि आज कार्तिक १४ गतेसम्म हकप्रद बिक्रि खुला गर्ने जनाएकोमा २ साता म्याद थप गरिएको हो  । 

यस संगै अब लगानीकर्ताले कार्तिक २९ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन्  । कम्पनीले असोज २५ गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो। कम्पनीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।  

  कम्पनीले हकप्रद निष्काशनको लागि असोज १ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।  

नेपाल धितोपत्र बोर्डले साउन ३१ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो  । बैंकले हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

कम्पनीले जेठ २७ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।  

May be an image of text

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved