समता घरेलु लघुवित्तको लाभांश घोषणा, सेयरधनीलाई लाभांशमा कर छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 07:53:45 AM मा प्रकाशित

laxmi  sunrise bank

समता घरेलु लघुवित्त वित्तीय सँस्था लिमिटेडले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। लघुवित्तको कात्तिक १५ गते सोमबार बसेको ११८ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ सम्मको कमाई तथा संचित रकमबाट सेयरधनीहरुलाई कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश मध्ये २० प्रतिशत बोनस सेयर र ५ रतिष्ट नगद लाभांश रहेको छ। लघुवित्तले चुक्तापुंजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँले हुन आउने २० प्रतिशत बोनस बराबरको ५ करोड ७१ लाख रुपैयाँ र ५ प्रतिशतले हुन आउने १ करोड ४२ लाख रुपैयाँ लाभांश बापत दिने प्रस्ताव गरेको हो। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। 

साबिकको समता र घरेलु लघुवित्तबीच मर्ज भई २०७८ बैशाख २ गतेदेखि एकीकृत कारोबार हुने हुँदा घोषित लाभांशमा लाग्ने कर रकम छुट हुने लघुवित्तले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved