एनआईसी एसिया लघुवित्तको लाभांश पारित, यस्तो छ नयाँ संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2021 | 01:03:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha को साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आज मङ्सिर ५ गते आइतबार धरानको धरान इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिमा सभा गरेको हो ।

सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको ५.४१ प्रतिशतले हुन आउने ९ करोड ४१ लाख ३ हजार ७ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै सभाले संस्थापक समुहबाट चार जना र सर्वसाधारण शेयरधनी समुहको दुई जना संचालकहरुको निर्वाचन गरेको छ। जस अनुसार संस्थापक समुह एनआईसी एसिया बैंकबाट कपिल ढकाल, प्रकाश बराल, बिभोर कुमार अग्रवाल र दिपेश खेतान (अग्रवाल ) चयन भएका छन्  । त्यस्तै सर्वसाधारण शेयरधनीबाट सुवर्ण पौडेल र शशांक अग्रवाल संचालक चयन भएका छन्  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved