महालक्ष्मी विकास बैंकको मुख्य आम्दानी थोरैले बढ्दा पनि खुद मुनाफा ३२ प्रतिशतले कसरी बढ्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 10:42:18 AM मा प्रकाशित

laxmi sunrise bank

महालक्ष्मी विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक बर्षको तुलनामा करिब ३२ प्रतिशतले खुद मुनाफा बढाएको छ। 

दोस्रो त्रैमासमा बैंकको खुद मुनाफा ३४ करोड ६८ लाखबाट बढेर ४५ करोड ६२ लाख पुगेको छ भने बैंकसँग सेयरधनीलाई वितरण गर्न मिल्ने अर्थात वितरणयोज्ञ मुनाफा २७ करोड ५० लाख रुपैयाँ रहेको छ। 

यस अवधिमा बैंकको निक्षेप संकलन ४.८२ प्रतिशतले बढेर ४० अर्ब ४७ करोड पुगेको छ भने कर्जा लगानी १२.१८ प्रतिशतले बढेर ३३ अर्ब ७७ करोड पुगेको छ।    

त्यस्तै बैंकको मुख्य आम्दानी १.६५ प्रतिशतले बढेर ८४ करोड ८४ लाखबाट ८६ करोड ४ लाख पुगेको छ। मुख्य आम्दानिको रुपमा खुद ब्याज आम्दानी झिनो अंकले बढेपनि बैंकको खुद मुनाफा ३१.५५ प्रतिशतले बढेको छ। 

बैकको अन्य संचालन आम्दानी (सेयरबजार लगायतको क्षेत्र) राम्रो भएकाले खुद मुनाफा बढ्न गएको हो। यस अवधिमा बैंकको चुक्ता पुंजी ३ अर्ब ३४ करोड रहेको छ रिजर्भ तथा सरप्लसमा २ अर्ब ६२ करोड राखेको छ। 

बैंकले व्यवसाय बिस्तार तथा कारोबारमा उल्लेख्य प्रगति गर्दा पनि बैंकको खराब कर्जा अनुपात ४.७९ प्रतिशतबाट २.८९ प्रतिशतमा ओर्लिएको छ । 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ३० पैसा, नेट वर्थ प्रति सेयर १७८ रुपैयाँ ४ पैसा र मुल्य आम्दानी अनुपात १९.६० गुणा रहेको छ।   


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved