
सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक बर्षको तुलनामा खुद नाफा ५४.७७ प्रतिशतले बढाएर ७२ करोड २१ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको बैंकले जनाएको छ।
गत आर्थिक बर्षको यस अवधिमा बैंकले ४६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
पुस मसान्तसम्ममा बैंकले ९२ अर्ब १९ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब २० करोड ८५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको यहि अवधिमा बैंकले ९३ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७ करोड ८३ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।
गत आर्थिक बर्षको पुसमा ६३ करोड ४४ लाख रुपैयाँमा सीमित बैंकको सञ्चालन मुनाफा ६९.११ प्रतिशतले बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । बैंकको मुख्य आम्दानीको रुपमा रहेको खुद ब्याज आम्दानी पनि पुष मसान्तसम्ममा १ अर्ब २९ करोड २० लाख पुगेको छ।
समीक्षा अवधिसम्म बैंकले ४५ करोड २६ लाख रुपैयाँ वितरणयोग्य मुनाफा गरेको छ। गत आवको यहि अवधिसम्म १ अर्ब २२ करोड ३ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा बैंकको चुक्ता पुंजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रहेको छ। बैंकको जगेडा कोषको अकार १८.२५ प्रतिशत बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ सञ्चित थियो ।
त्यस्तै यस अवधिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी १५.१२ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२१.१९ रुपैयाँ, खराब कर्जा अनुपात १.३१ प्रतिशत, क्र्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.४३ प्रतिशत, कस्ट अफ फण्ड ६.८२ प्रतिशत, आधार दर ८.८२ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.७८ गुणा छ ।