प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2022 | 09:19:02 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र ६ गते होटेल रेडीसन काठमाडौँमा सभा आह्वान गरेको हो।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

साधारण प्रस्ताव 

१. अध्यक्षज्यूको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु स्वीकत गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निधारण सम्बन्धमा (हालका लेखापरीक्षक श्री श्याम कार्की एण्ड कम्पनी पनः नियक्तिका लागि योग्य हुनुहुन्न।

४. समह "क" संस्थापक समहका शेयरधनीका तर्फबाट एक जना सञ्चालक एवम् स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्ने ।

५. सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्ष र सञ्चालकले पाउने बैठक भत्ता वृद्धि गर्ने सम्बन्धी प्रस्ताव स्वीकत गर्ने ।

६. कम्पनीको नियमावली अनुसार समूह "ख" का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचन गर्ने ।

७. सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने ।

विशेष प्रस्तावः

१. कम्पनीको प्रवन्धपत्र/नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने ।

२. कम्पनीको प्रवन्धपत्र/नियमावलीको प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

३. कम्पनीले आ.व. २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम रु. ७५०,०००।कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) बमोजिम अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved