सीवाईसी लघुवित्तको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2022 | 08:56:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सीवाईसी लघुवित्तको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिंग नियुक्त भएको छ । यस संगै सीवाईसी लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरण, शेयरवालाहरूको लगत अद्यावधिक तथा शेयर सम्बन्धी अन्य सम्पूर्ण कार्यहरू आरबीबी मर्चेन्ट बैंकिंगले गर्ने छ।

सीवाईसी लघुवित्तले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आईपिओमा २ करोड ४५ लाख २० हजार १ सय ४० कित्ताको लागि आवेदन परेको थियो। जुन माग भन्दा ६६.३६ गुणा बढी हो।  

कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएपछि कारोबार योग्य हुने छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved