नेप्सेले विन नेपाल लघुवित्तलाई सोध्यो स्पष्टिकरण, कारोबार समेत रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 02:29:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले बुक क्लोज मिति कायम गरेपछि कम्तिमा बुक क्लोज भन्दा ७ दिन अगाडी नेप्सेलाई जानकारी दिनु पर्नेमा सो ब्यबस्था पालना नगरको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ ३ गतेदेखि जेठ २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले यो जानकारी नेप्सेलाई बैशाख ३० गते मात्र जानकरी गराएको थियो । बुक क्लोज मिति भन्दा कम्तिमा ७ दिन अगाडी नेप्सेलाई जानकारी दिनु पर्नेमा सो ब्यबस्था पालना नगरको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो । त्यस्तै नेप्सेले यसमा के कसो हो भनाएको भन्ने विषयमा ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । 


कम्पनीले लाभांश संशोधन भएको भन्दै साधारणसभाको लागि बुक क्लोज मिति नेप्सेलाई जानकारी गराएको थियो । विन नेपाल लघुवित्तको लाभांश संशोधन भएको छ । कम्पनीले यस अघि आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तावित लाभांशमा  संशोधन गरेको हो।

कम्पनीले साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि. र विन लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभ्ने गाभिने कार्य पश्चात् कायम हुन आएको चुक्ता पूँजी रु. ७२४,४१,३००।- (अक्षरेपी सात करोड चौबिस लाख एकचालिस हजार तिन सय) मा आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट प्रस्तावित बोनस शेयर वापतको रकम रु. ६७,६५,०००।- बाट कायम हुने ९.३३ प्रतिशत बोनस शेयर र आयकर ऐन, २०६३ को दफा ४७(क) बमोजिम लाग्ने आयकरको प्रयोजनको लागि आ.व. २०७७/७८ को मुनाफाबाट प्रस्तावित रकम रु. ३३८,२५०।- को बाट कायम हुने ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव आगामी साधारण सभाबाट अनुमोदन भए पछि शेयरधनीहरुलाई वितरण हुने छ।

कम्पनीले यस अघि चुक्ता पूँजी रु. ६,१५,००,०००।- (अक्षरेपी छ करोड पन्ध लाख) को ११ प्रतिशतले हुन आउने रकम रु. ६७,६५,०००।- बोनस शेयर र सो को कर प्रयोजनको लागि ०.५ प्रतिशतले हुन आउने रकम रु. ३३८,२५०/- नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved