ग्लोबल इक्विटी फण्ड स्थापनाको ५ वर्ष पुरा गरि छैठौ वर्षमा प्रवेश गरेको छ । पाचौ वर्ष पुरा गरेको अवसरमा फण्डले आफ्नो नयाँ लोगो र नयाँ वेबसाइट सार्वजनिक गरेको छ ।
हाल ग्लोबल इक्विटी फण्डले ’नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड’ संचालन गरिरहेको छ। यस फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ। त्यस्तै ग्लोबल इक्विटी फण्डले ’नेपाल वोमेन ग्रोथ इक्विटी फण्ड’ संचालन गरिरहेको छ ।
ग्लोबल इक्विटी फण्डका फण्ड म्यानेजर डा. मनिष थापाका अनुसार निकट भविष्य मै फण्डले एउटा विशिष्टीकृत लगानी फण्ड, एउटा हाइ नेट वर्थ इन्भेष्टमेन्ट फण्ड र एउटा अफशोर टेक फण्ड संचालनको योजना बनाएको छ।
ग्लोबल इक्विटी फण्ड नेपाल दितोपत्र बोर्डको विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम भेन्चर क्यापिटलको लाईसेन्स पाउने पहिलो संस्था हो । फण्डले प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल व्यवसाय सञ्चालनको इजाजतपत्र पाएको हो।