एनआईसी एसिया क्यापिटलले पायो पाचौ म्युचुअल फण्ड संचालनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 01:39:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया क्यापिटल NIC Asia Capital  ले पाचौ म्युचुअल फण्ड संचालनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड नामको योजना संचालन गर्न अनुमति पाएको हो । 

यो बन्दमुखी प्रकृतिको योजना रहेको क्यापिटलले जनाएको छ । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गर्ने छ । 

१ अर्ब आकारको यो योजना अन्तर्गत संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सुचिकृत कम्पनीहरुमा लगानी गरिने कम्पनीले उल्लेख गरेको छ । लगानी गर्दा स्मल क्याप, मिड क्याप, तथा लार्ज क्याप मध्ये जुनमा क्यापमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ, त्यसमै लगानी गर्ने क्यापिटलले जनाएको छ । 

बोर्डबाट अनुमति पाएसंगै कम्पनीलाई योजनाको इकाई निष्काशनको लागि बाटो खुलेको छ  । बोर्डले गत बैशाख २९ गते अनुमति प्रदान गरेको हो । 

हाल क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्ड, एनआइसी एसिया ब्यालेन्स फण्ड, एनआईसी एसिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) र डाईनामिक डेब्ट फण्ड नामक म्युचुअल फण्ड योजना संचालन गरिरहको छ । जस मध्ये  डाईनामिक डेब्ट फण्ड खुलामुखी योजना हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved