‘राष्ट्र बैंकबाट मौद्रिक नीतिमा पुँजीबजारलाई नचलाईयोस्’: अम्बिका पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 05:53:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका सभापति अम्बिका पौडेलले शेयर बजार घटेकोले आन्दोलन नगरिएको बताएका छन् । पुँजीबजार सुधारको गठित संघर्ष समितिले माइतीघरमा आयोजना गरेको विरोध प्रदर्शनमा आफ्नो भनाई राख्दै अहिले राखिएका मागहरु नेप्से सूचक ३२ हुँदापनि राखेको, १८०० हुँदा पनि राखेको ११०० हुँदा पनि राखेको र २९० हुँदा पनि राखेकोले बजार घटेकोले आन्दोलन नगरेको बताएका हुन् ।

लगानीकर्ताहरुले सिस्टम बसाल्नको लागि आन्दोलन गरेको उनले बताए । रिति नबसेकोले रिट बसाल्नको लागि आन्दोलन गरिएको र आन्दोलनमा कुनै नयाँ माग नभई सरकारले गर्छु भनेका काम गर् भन्नको लागि दबाब दिएको उनले बताए । सरकारले गर्छु भनेको कामहरु कार्यन्वयन नभएकोले ति कार्यन्वयन गराउनलागि उनले फेरि आन्दोलन गर्नु परेको बताए । ५८ बुँदे कार्यन्वयन नभएकै कारणले पुँजीबजार दिनप्रतिदिन धरासायी भएको उनले बताए । 

उनले आन्दोलन गर्नु बिडम्बना भएको र  आन्दोलन गर्नु पर्दा लाज लाग्ने बताए । उनले विश्वमा कहिँपनि लगानीकर्ताले आन्दोलन गर्नु नपरेको र पुँजीबजारका लगानीकर्ताले यो खालको शंघर्ष नेपालमा मात्र गर्नु परेको बताए । 

उनले नीतिमा स्थिरता ल्याईदेउ, आफुले गर्छु भनेका कुराहरु गर भनेर मात्र आन्दोलन गरेको बताए । सजिल्यै गर्न सकिने काम पनि नभएको उनले बताए  । सिस्टममा प्रब्लम आएको, टिएमएसमा समस्या रहेको, बैंकलाई ब्रोकर लाइसेन्स लगायत लगायतका विषय पटक पटक ध्यानाकर्षण गराउदा पनि काम नभएको उनले बताए । उनले आफुहरुले सरकारलाई राजश्व बढ्ने सुझाव नै दिएको बताए ।

उनले कुनै व्यक्तिले आफ्नो धितो राखेर कर्जा लिन्छु भन्दा पनि कर्जा नपाउने दुनियाँमा कहिँ पनि नहुने बताए आफ्नो सम्पति धितो राखेर ऋण लिन पाउने, ब्यापार व्यवसाय गर्न पाउने , यी कुरा व्यक्तिगत स्वतन्त्रताको विषय भएको उनले बताए । सबै क्षेत्रका लगानीकर्ताले यो गर्न पाउने अनि पुँजीबजारका लगानीकर्ता किन नपाउने भन्दै उनले प्रश्न गरे ।  

 उनले मौद्रिक नीति मार्फत पुँजीबजारलाई कतै पनि नचलाउन आग्रह गरे । उनले भने ‘राष्ट्र  बैंकबाट मौद्रिक नितिमा कहिँ पनि पुँजीबजारलाई नचलाईयोस्’ । उनले जे जे नीति ल्याउन छ एकै पटक ल्याउन आग्रह गरे । उनले ४/१२ को नियम दुनियाँमा कहिँ कतै पनि नभएको बताए ।  ठूलो ठूलो ऋण गएको अवस्थामा ४/१२ आउँदा प्यानिक  सप्लाई आएको जुन साना लगानीकर्ताले थाम्न सक्ने विषय नभएको उनले बताए ।

उनले फुटबल उदाहरण दिदै भने ‘विश्वभर फुटबलका खेलाडी छन् , तर इम्याजिन गर्नुस् त् मेस्सी, नेमार जस्ता खेलाडी फुटबलमा थिएनन् भने फुटबलले यति व्यावसायिकता पाउथ्यो होला र ? हामीले भन्छौ ८/१० जनाले लोन लिएका रहेछन्, तिनीहरु नभए केहि पनि हुदैन, तर विचार गर्नुस् त् विश्वका टप टप प्लेयरलाई फुटबलबाट निकाल्दिम त्,  नेपालका फुटबलका टप टप प्लेयरलाई निकाल्दिम , अनि त्यो फुटबल पेशा हुन्छ कि के हुन्छ ? त्यसमा ब्यबसायीकता रहदैन । ‘

टप प्लेयरलाई निकालेर अरुले खेलीहाल्छन् भन्नु गलत भए जस्तै सोहि नियम आर्थिक क्षेत्रमा पनि लागु हुने उनले बताए । उनले विश्वमा अरबपति , खरबपतिको संख्या कम भए पनि तिनीहरुलाई सकाएर सबैलाई समान बनाउछु भन्ने नीतिले काम नगर्ने उनले बताए । सबैलाई स्वतन्त्र रुपमा खेल्न दिनु पर्न  उनले बताए । उनले भने ‘मेस्सीलाई पनि खेल्न दिनु पर्छ, मेस्सीले बढी गोल हान्छ भनेर उसको खुट्टा बाधेर खेल राम्रो सँग हुन्छ भन्न मिल्दैन’ । उनले पुँजीबजारमा पनि त्यहि हुने बताए । यदि कसैले नियम भन्दा बाहिर गएर खेलेको छ भने कारवाही  हुनु पर्ने तर  खेल्न नै बन्देज लगाउन नहुने उनले बताए । यस्तै कुराको विरुद्दमा आन्दोलन गर्नु परेको उनले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved