नागरिक लगानी कोषले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। कोषको आज बेलुका ५ बजेर ३० मिनेट जाँदा बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ को लाभांश प्रस्ताव गरेको हो।
कोषको बैठकले आर्थिक बर्ष २०७७-०७८ मा आफ्ना सेयरधनिहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव कोषको सरोकारवाला मन्त्रालय अर्थमन्त्रालय र कोषको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।
लाभांश वितरण पश्चात कोषको चुक्तापूंजी ४ अर्ब २५ करोड पुग्नेछ। हाल कोषको चुक्तापूंजी ३ अर्ब २७ करोड रहेको छ।