नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 11:00:56 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्सको कारोबार रोक्का भएको हो 

दुवै कम्पनीले आइतबार मर्जरमा जानको लागि सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो ।  आइतबार भएको सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् । स्वाप रेसियो भने डीडीएपछि तय हुने छ 

बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ 

मर्जरको नाममा  कारोबार रोक्का हुँदा लगानीकर्ता भने मारमा पर्ने गरेका छन् । नेपाल धितोपत्र बोर्डले साउनदेखि यसको समाधान हुने दाबी गरेको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालले साउनपछि मर्जरको नाममा कुनै पनि कम्पनीको शेयर कारोबार रोक्का नहुने बताएका छन् । केहि दिन अघि बोर्डमा आयोजित पत्रकार सम्मलेनको क्रममा उनले कारोबार नरोक्ने विषयमा काम भईरहेकोले साउनसम्ममा त्यसको नतिजा देखिने बताएका हुन् 

राष्ट्र बैंकको नियमावली मै मर्जरमा जाँदा कारोबार रोक्का गर्ने विषय रहेकोले त्यसको लागि नियमावली नै संशोधन गर्नु पर्ने र सो कार्य प्रक्रियामा नै गईसकेकोले साउनपछि कारोबार नरोकिने बताएका हुन् । कारोबार नरोक्ने विषयमा बोर्ड, नेप्से, राष्ट्र बैंक, बिमा समिति सबैको समान धारणा रहेको उनले बताएका थिए 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved