हिमाल दोलखा हाइड्रोको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2022 | 10:18:54 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोको साधारणसभा स्थगित भएको छ । कम्पनीले भदौ ३ गते साधारणसभा आह्वान गरेकोमा शेयरधनीको उपस्थीतको गणपुरक संख्या नपुगेपछि साधारणसभा स्थगित भएको हो । कम्पनीले अर्को साधारणसभाको मिति तय भईनसकेको र मिति तय पछि सार्वजनिक सूचना जारी गरिने जनाएको छ ।

कम्पनीले एक साथ १३ औ र १४ औ साधारणसभा आह्वान गरेको थियो । सभामा हकप्रद सहितका विविध प्रस्ताव पेश गर्ने कार्यसूची थियो । कम्पनीले  हाल कायम भएको चुक्ता पुंजि  एक अर्ब साठी करोडको १:०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो।  

यस्ता थिए सभामा पेश हुने प्रस्तावहरु : 

क) साधारण प्रस्तावहरु :

१) सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.ब. २०७६/०७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

२) लेखा परिक्षकको प्रतिवेदन सहितको आ.ब. २०७४/०७७ र २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

३) आ.ब. २०७४/०७५ को लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४ कम्पनीको संस्थापक शेयरधनीहरको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना संचालकको नियुक्ती गर्ने ।

ख) विशेष प्रस्तावहरु :

(१) कम्पनीको हाल कायम भएको चुक्ता पुंजि रु.१,६००,०००,०००/-(एक अर्ब साठी करोड मात्र) को ७५ प्रतिशत अर्थात (१:०.७५को अनुपात हकप्रद शेयर जारी गर्ने वारे ।

(२) हकप्रद शेयर जारी पश्चात कायम हुने अधिकृत पुजि रु.२.८००,०००,000/- दुइ अर्ब असी करोड मात्र) र जारी तथा चुक्ता पुँजि रु.२,८००,०००,०००/-(दह अर्ब असी करोड मात्र) अनुरूप हुने गरी कम्पनीको प्रबन्धपत्र को दफा ६का, ख) मा संसोधन गर्ने बारे।

(३) कम्पनीको हाल कायम भएको प्रबन्धपत्र को दफा ६.घ। र ७ (क) नियमावलीको नियम १८(६,१९ (७),२०,२३ (१) र २७१क) मा संसोधनगर्ने बारे।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved