कालिन्चोक केवलकारको आईपिओ मङ्सिर १४ देखि, क-कसले दिन पाउँछन् आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2022 | 08:12:28 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिन्चोक दर्शन लिमिटेडले मङ्सिर १४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १ लाख २० हजार कित्ता शेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ८ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । आयोजना प्रभावितले छिटोमा मङ्सिर २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सक्ने छन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने मङ्सिर २८ गते सम्म मात्र आवेदन दिन सक्ने छन्  ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार ८ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् भने आयोजना प्रभाववित स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ४९१० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र  बोर्डले कम्पनीलाई कार्तिक २३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको छ। कम्पनीले आईपिओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले गत चैत्र १५ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो  । 

कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ  । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved