प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2022 | 09:31:02 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २४ गते आइतबार काठमाडौँको कमलपोखरी स्थित अग्रवाल भवनमा  सभा आह्वान गरेको हो ।

सभामा लाभांश, मर्जर प्रस्ताव लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पूंजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार को १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि  १ करोड ९० लाख १८ हजार ४ सय २२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात लगानीकर्तामा बितरण हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

 सामान्य प्रस्ताव
१. वार्षिक साधारण सभा समक्ष सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत एवं पारित गर्ने ।

२. आर्थिक वर्ष २०७७७८ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, एकिकृत आयव्यय हिसाव नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण पारित स्वीकृत गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारीस बमोजिम आर्थिक वर्ष २०७८ ७९ को हिसाबकिताब लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्तावः

४. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आ.व. २०७७७८ सम्मको संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूंजी रु. २,७७,९६,१५,५७७/- को १३ प्रतिशत (खुद) का दरले हुने रु. ३६,१३,५०,०२५/- बराबरको बोनश शेयर जारी गर्ने र उक्त बोनश शेयरको कर प्रयोजनार्थ रु. १,९०,१८,४२२/- नगद लाभांश स्वीकृत गर्ने ।

५. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्ने। 

६. कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

७. यस प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने (Merger) सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्र (MOU) को मस्यौदा स्वीकृत गर्ने लगायत सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष निवेदन दिने, शेयर कारोवार रोक्काको लागि पत्राचार गर्ने विषय एवं कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याइन कार्य (DDA) गर्न लेखापरीक्षक परामर्शदाता, मूल्याइनकर्ता नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी संचालक समितिबाट भएका निर्णयहरुको अनुमोदन गर्ने सम्बन्धमा ।

८. एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि प्रचलित कानुन, नियम तथा निर्देशनहरु बमोजिम गर्नुपर्ने कार्य तथा नियमनकारी निकायहरुले निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने/गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

९. विशेष प्रस्ताव अन्तर्गत नं. ४, ५ र ६ को प्रस्ताव लगायतका निर्णयहरुको कार्यान्वयनको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन/समायोजन गर्न कम्पनीको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved